मोरक्को र पोर्चुगल तथा फ्रान्स र  इंग्ल्याण्डबीच प्रतिस्पर्धा

|

काठमाडौं : विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्।

कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।

अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र  इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। 

फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.