|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिन नहुने बताएका छन्। 

भक्तपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसदहरुलाई शनिबार बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई आश्वासन दिँदा ठाउँ राख्न आग्रह गरेका हुन्। 

‘अब आश्वासन दिँदा पनि गाह्रो हुँदो रहेछ। हाम्रो बानी के छ भने धेरै आश्वासन दिने‚ धेरै कुराहरू गर्ने तर त्यहाँ ठाउँ राख्नुपर्ने रहेछ।’  अध्यक्ष नेपालले भने‚‘म सक्दो कोसिस गर्छु भनेर भन्नुपर्दो रहेछ‚ किनभने मान्छेले सबै कुरा पूरा गर्न सक्दैन । जनताको आकांक्षा असीमित हुन्छन्। सबै पूरा गर्न सकिँदैन। गर्नेपर्ने कुराहरूका लागि सक्दो प्रयास गर्नुपर्छ।’ 

चुनाव जित्ने मात्रै ठूलो कुरा नहुने भन्दै उनले व्यक्त गरेको प्रतिवद्धता कति पूरा गर्न सक्छौं भन्ने कुराले अर्थ राख्ने बताए। उनले आफूप्रति इमानदार र जनताप्रति बफादार बन्न जनप्रतिनिधिलाई आग्रह पनि गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.