|

काठमाडौं : विश्वकप फुटबलमा शनिबार क्वार्टर फाइनलका अन्तिम चरणका खेलहरु सुरु हुँदै छन्। जसअन्तर्गत पहिलो खेलमा पोर्चुगलले मोरक्कोसँग राति ८:४५ मा प्रतिस्पर्धा गर्दै छ। कतार विश्वकपमा 'अन्डर डग' को छबि बनाएको मोरक्को शनिबार आफ्नो सोहि पहिचान कायम राख्दै पोर्चुगललाई पराजित गर्न चाहन्छ।

 विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाएको मोरक्को जारी विश्वकपकै यात्रा थप लामो बनाउने प्रयासमा मैदानमा उत्रिनेछ। पोर्चुगल विरुद्व मोरक्कोले सन् १९८६ को विश्वकपमा समूह एफ अन्तर्गतको खेलमा ३-१ को जित निकालेको थियो। त्यसयता भएको अर्को एक खेलमा पोर्चुगल विजयी भयो।

समग्रमा योपटक मोरक्को ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास रच्न चाहन्छ। पोर्चुगल भने दोस्रोपटक जितको प्रयासमा हुनेछ। पोर्चुगलले पछिल्लो पटक २०१८ मा भएको विश्वकपको समूह बी को खेलमा मोरक्कोलाई १-० ले पराजित गरेको थियो। त्यसैले ४ वर्षपछि विश्वकपको फरक ठाउँमा मोरक्कोलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा रहनेछ।

 पोर्चुगल सुरुवातबाटै समालिएर मैदानमा रहेको छ। तर, उसले क्वाटरफाइनल प्रवेश भिड्न्तमा भने अविश्वसनिय प्रदर्शन गरेको थियो। नकआउट चरणमा बलियो मानिएको स्विट्जरल्यान्डविरुद्ध एकतर्फी जित हासिल गरेकाले पनि पोर्चुगल मोरक्कोविरुद्व सोही लय चाहन्छ।

 जारी विश्वकपमा अप्रत्यासित नतिजाको क्रम जारी रहेकाले शनिबार पोर्चुगल 'अन्डर डग' मोरक्को सबैको नजरमा रहेको छ। अघिल्लो खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर सनसनिपूर्ण प्रदर्शन गरेको पोर्चुगलका लागि शनिबारको खेलमा स्टार रोनाल्डो स्टार्टिङ ११ मा रहने या नरहने अन्योल छ।

तर, रोनाल्डो समर्थकहरु भने पोर्चुगलका प्रशिक्षक फर्नान्डो स्यान्टोको यो निर्णयको विरोधमा छन्। तर प्रशिक्षक स्यान्टो यो कुरा मान्न तयार छैनन्। उनले टिम खेलमा को टिममा परो परेन भन्ने कुराले अर्थ नराख्ने भन्दै देशका लागि नतिजा ठूलो कुरा भएको बताउँदै आएका छन्। स्वंय रोनाल्डोले समेत आफ्नो देशलाई कमजोर बनाउने षड्यन्त्र गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.