|

काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्। 

‘इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ’सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’ रिजालले ट्वीटरमा लेखेका छन्। 

एमाले केन्द्रीय सदस्यसमेत रहेका रिजालले देउवाले नयाँ सरकार बनाउन माओवादीबिना नै बहुमत पुर्‍याउन खोजेको समेत दाबी गरेका छन्। 

‘माओवादीबिनै बहुमत पुर्‍याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र?’ रिजालको प्रश्न छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.