|

सुर्खेत : जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको मृत्यु भएको जानकारी दिए।

छेडागाड–५ की जैभान अधिकारी सिकिस्त छन्। बोलेरोमा १२ जना सवार थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.