|

काठमाडौं : राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। आयोगले आज सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा बुधबारदेखि पुनः काम सुरू गर्ने जानकारी दिएको हो । 

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकिएको थियो। 

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता हटेको जानकारी दिएसँगै भूमि आयोगले आज सूचना प्रकाशन गरी लगत संकलनको काम जारी राख्ने जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.