|

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ। 

सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.