|

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। 

विश्वकप फुटबलको सन्दर्भमा गएराति ट्वीट गर्दै उनले युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।

‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’

उनले अर्जेन्टिनालाई जिताए​को भन्दै मेस्सीको र गोल्डेन बल जितेर फ्रान्सको नाक राखेको भन्दै एमबाप्पेको समेत तारिफ गरेका छन्।

हेर्नुहोस्,उनको ट्वीट–

युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमान्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टी गर्यो! अन्तिम सेकेन्डसम्म सास रोक्नुपर्यो!अन्ततःखेलले जित्यो!मेस्सीले अर्जेन्टिनालाई जिताएर सम्मानजनक विदाइ पाए!एमबाप्पेले गोल्डनबूट जितेर फ्रान्सको नाक राखे!सबै खेलाडीलाई बधाइ ! pic.twitter.com/h6S3Axd3ml

— Baburam Bhattarai (@brb1954) December 18, 2022

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.