|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदै छ।   बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन्।​

८९ सांसद रहेको कांग्रेसमा बहुमतका लागि ४५ सांसद चाहिन्छ। ​ संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ। ​ मंगलबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका थिए। ​

कांग्रेस संस्थापनइतर समूहले महामन्त्री थापालाई दलको नेताको साझा उम्मेदवार बनाएसँगै संसदीय दलको नेतामा सभापति देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो। सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।

महामन्त्री थापाको प्रस्तावकमा डा। शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।

संसदीय दलभित्रको अंकगणित 

शेरबहादुर देउवा समूहबाट प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फबाट २२ गरि अहिलेसम्म ४९ सांसद देखिएका छन्।  थापाको पक्षमा अहिलेसम्म ३२ सांसद खुलेका छन्। शशांक कोइरालाले देउवालाई समर्थन गर्दा उनी निकट मानिएका दीपक गिरी थापाको पक्षमा छन्। ​ अहिलेसम्मको अवस्था हेर्दा देउवा बहुमतमा देखिएका छन्। तर, १३ जना सांसद आफ्नो पक्षमा पार्न सके थापाको जित हुने निश्चित छ। 

संस्थापन पक्ष

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, किशोरसिंह राठौर, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दुर्लभ थापा, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, उदयशमशेर राणा, मोहनबहादुर  बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठगकुरी, अजयकुमार चौरासिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रुपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र जावेदा खातुन रहेका छन्। 

संस्थापनइतरका सांसद

डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, राजेन्द्र कुमार केसी, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र हबजगाईं, डिगबहादुर लिम्बु, दिक्पालकुमरा शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता पसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर र मैना रावल रहेका छन्। 

कांग्रेसमा कम्तिमा ४५ सांसदको समर्थन जसले पाउँछ उही संसदीय दलको नेता बन्नेछन्। संसदको ठूलो दल भएकाले पनि कांग्रेस संसदीय दलको नेता जो हुन्छ, उही भावी प्रधानमन्त्रीको बलियो दाबेदार हुने  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.