|

काठमाडौं :  नेपाल आदिवासी जनजाति महासंघले आदिवासी समुदायबाट प्रतिनिधिसभा र प्रदेश सभाका नवनिर्वाचित सांसदलाई मातृभाषामा सपथग्रहण गर्न अपिल गरेको छ। 

महासंघका महासचिव दिवस राईले अपिल जारी गर्दै सपथ ग्रहण कार्यक्रममा आ–आफ्नो मौलिक भेषभुषामा उपस्थित भई मातृभाषामा सपथ लिन आग्रह गर्नु भएको हो। 

‘आफ्नो मौलिक पहिचानको संरक्षण र विकासको सुरुवात माननियज्युहरु बाटै सुरु हुनेछ भन्ने पुर्ण बिस्वास गरेका छौं।’ अपिलमा भनिएको छ। संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई तिनदिन अघि नाम दर्ता गराउन आग्रह गरेको थियो। जसअनुसार हिजै मातृभाषमा सपथ लिन चाहेका सांसदहरुले नाम दर्ता गराएका संसद सचिवालयले जनाएको छ। 

यसै अनुरुप जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्। सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिनेछन्।  

राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र  रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ। सांसदहरुको भोलि सपथ हुुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.