|

इलाम : आइतबार राति, लुसेल रंगशालाभित्र, लियोनल मेस्सीले विश्वकप ट्रफी चुम्ने १६ वर्ष लामो प्रतीक्षा पूरा गरे। मेस्सी प्रेरित खेलमा फ्रान्समाथि टाइब्रेकरमा रोमाञ्चक जितको नतिजा निस्कियो। र यसरी, अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जित दिलाउन मेस्सी नायक बने।

कतार विश्वकपपछि संन्यास लिने तयारीमा रहेका मेस्सीले अन्ततः संन्यास लिने मनस्थितिले धकेलेर केही पर पुर्‍याए।  जे होस्, कतारमा २०२२ फिफा विश्वकपको बारेमा बताउनको लागि यो मात्र विजयको कथा थिएन।

मोरक्को अविश्वसनीय प्रदर्शन

एटलस लायन्स उपाधि होडमा पुग्न सकेनन् तर अन्तिम चारमा स्थान बनाउने एक मात्र अफ्रिकी देश नै बन्न सफल भए। अविश्वसनीय प्रदर्शनका कारण एटलस लायन्स अफ्रिका महादेश र अन्य क्षेत्रमा लाखौफ्यान्सहरूको मन जित्न सफल रहे।

उनीहरूको प्रदर्शनले के पुष्टि गर्‍यो भने विश्वका महारथी राष्ट्रहरू विरुद्ध उनीहरू कमजोर हुने छैनन्। ट्युनिसियाका पुर्व राष्ट्रिय खेलाडी राधी जैदीको बुझाई ‘अफ्रिकी टोलीहरू अब डराउँदैनन् कि अन्य टोलीहरूले उनीहरूलाई पराजित गर्न सक्छन्।’

दक्षिण अफ्रिका विश्व कप आयोजना गर्ने महादेशको पहिलो देश बनेको १२ वर्षपछि कतार २०२२ अफ्रिकाको विश्वकपको रूपमा ब्रान्ड स्थापित भएको छ। कतारी मैदानमा अफ्रिकी राष्ट्रहरूले इतिहासकै सबैभन्दा सर्वोत्कृष्ट प्रर्दशन गरे।

अफ्रिकी देशहरूले विश्व फुटबलमा महारथी माथि बिजय हासिल गरेपछि कतार विश्वकप अफ्रिकाको विश्वकपको रूपमा चर्चामा रहेको हो।

क्यामरुनले ब्राजिललाई, ट्युनिसियाले फ्रान्सलाई तथा मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगललाई हराएर इतिहास कायम गर्न सफल रहे। र मैदानबाहिर अफ्रिकी टोलीका समर्थकहरूको उर्जा तारिफयोग्य थियो।  सेनेगलघाना टिमको ढोल बजाउने र नाचदेखि मोरक्कोट्युनिसियाका लागि गर्जन र ताली बजाउनेसम्म पछि परेनन्।

विश्वकप इतिहासमा ५ वटै अफ्रिकी राष्ट्रहरू आफ्नै देशका पूर्व खेलाडीलाई मुख्य प्रशिक्षकको रूपमा लिएर कतार पुगेका थिए। अफ्रिकाबाट प्रतिनिधित्व गरेका ५ वटै देशका प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय खेलमा सहभगिता जनाइसकेका थिए।

कतिपयले यो तथ्यलाई संयोगको रूपमा हेर्दा कतार विश्वकप र २०१८ को रुस संस्करणबीचको भिन्नता प्रष्ट देखिन्छ।

रुस विश्वकपमा प्रतिनिधित्व पाँचमध्ये दुई टोली अफ्रिकी प्रशिक्षकद्वारा व्यवस्थापन गरिएको थियो, तर कुनै पनि टोलीले समूह चरण पार गर्न सकेन। अफ्रिकी टोलीहरूले कुल मिलाएर तीन जित निकालेका थिए। र यो तथ्यलाई बेवास्ता गर्न असम्भव छ।

वर्षौंदेखि अन्य महादेशबाट प्रशिक्षक ल्याएर आफूलाई स्थापित गराउने प्रयत्न गरेका अफ्रिकी देशका लागि मोरक्कको प्रशिक्षक वालिद रेग्रागुईआइकनिक हिरो’ बन्न सके। मोरक्कोरेग्रागुईको सफलताले अन्य अफ्रिकी मूलका प्रशिक्षकहरूको लागिसमेत अग्रगामी छलाङ मार्ने बाटो खुल्ला गरेको जैदीको बुझाइ छ।

‘घरेलु प्रशिक्षकले सफलता दिलाउनु सकारात्मक सन्देशको रूपमा लिएको छु। योग्य घरेलु प्रशिक्षकलाई उच्च स्तरको प्रतिस्पर्धाका लागि टिम सम्हाल्ने अनुमति दिनुपर्छ।

विदेशी प्रशिक्षक राख्नुलाई संघहरू एउटा अवसरको रुपमा हेर्दै आएका छन् तर उनीहरूले यस्ता व्यक्तिलाई अवसर दिनुपर्छ जसले आफ्नो देशलाई अघिल्लो स्तरसम्म लग्न सक्छ’, जैदीले भने ‘अफ्रिकी प्रशिक्षकहरूले आधुनिक फुटबलमा उत्कृष्ट बन्न प्रयास गर्नुपर्छ, खेलाडीहरूलाई अर्को स्तरमा प्रगति गर्न मद्दत गर्ने व्यक्तिहरू हुनुपर्दछ, तर उनीहरूले खेलाडीहरूसँग काम गर्ने मौका पाउनु अघि आफैँलाई सुधार गर्न आवश्यक छ। उनीहरूले आधुनिक फुटबलले कसरी काम गर्छ भन्ने कुरा सिक्नुपर्छ, किनभने यो मैदान भित्रको रणनीति मात्र होइन अन्य धेरै पक्षहरू पनि हुन्छ।’

मिसन २०२६

कतार विश्वकप २०२२ पछि अब ४८ टोली सहभागी हुने अर्को संस्करणमा अफ्रिकी टोलीहरूले कतारको प्रदर्शनलाई कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न जीवितै छ।  संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा कम्तीमा नौ टोलीहरू खेल्नेछन्।

अफ्रिकी टोलीले अन्तरमहादेशीय प्लेअफमा पुग्नु पर्दा १० औं प्रतिनिधिको सम्भावना छ। यसले अफ्रिकाको लागि अवसर र चुनौती अघि सारेको छ। किन भने यसअघिका विश्वकपका अफ्रिकी महादेशहरूको प्रतिनिधित्व तुलानात्मक रुपमा कम हुँदै आएको देखिन्छ।

‘विश्वकप जस्ता प्रतियोगिताहरू धेरै प्रतिस्पर्धात्मक हुन्छन् तर यसलाई नियन्त्रणमा राखेर खेलाडीहरूले उत्कृष्ट परिस्थितिको सृजना गर्दै प्रतियोगितामा पुगे भने मलाई लाग्छ अफ्रिकाले विश्व फुटबल धेरै ठुलो प्रभाव जमाउन सक्छ’, मोरक्को, नाइजेरिया र दक्षिण अफ्रिकाका पूर्व प्रशिक्षक फिलिप ट्राउसियरले भने, ‘मोरक्कोले अन्य अफ्रिकी देशहरूलाई सानो प्रगतिमा खुसी मनाउने प्रयास गर्नुको सट्टा ट्रफीको लागि लड्न चुनौती दिएको छ। यसले अफ्रिकी फुटबल र टोलीको अनुहार सधैंका लागि परिवर्तन गर्नेछ।’

विदेशी भूमिमा जन्मिएर खारिएका खेलाडी

कतारमा अफ्रिकी टोलीहरूको सफलताले २०२६ मा उत्तरी अमेरिकामा सुधारको सम्भावना रहेको देखाउँछ। मध्यपूर्वमा अफ्रिकाको अभूतपूर्व सफलताको अर्को सम्भावित कारक उनीहरूको टोलीको संरचना थियो।

अफ्रिकाबाट प्रतिनिधित्व गरेका देशका खेलाडीहरूको सूचीलाई हेर्दा ४० प्रतिशतको हाराहारीमा खेलाडीहरू अफ्रिकाभन्दा बाहिर जन्मिएर देशका लागि प्रतिनिधित्व गरेका थिए।

ट्राउसियरका लागि अफ्रिकी टोलीहरूले धेरै विदेशमा जन्मिएका खेलाडीहरू समावेश गरेको तथ्य पनि फाइदाजनक थियो ‘अधिकांश खेलाडीहरू सुरुदेखि नै शिक्षित छन् जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्समा जन्मेका खेलाडी आफैँ फरक स्तरमा खेल्छन्, उच्च तहका प्रशिक्षक, उच्चस्तरका खेलाडी, प्राविधिक कार्यक्रमहरू बीचमा समय विताउँछन् र स्वदेश फर्किएपछि स्वत बलियो अनुभव भएका कारण नतिजा ल्याउँछन्’, उनले भने।

प्रियिमर लिग क्लब वुल्भ्स एवम नाइजेरियाका पूर्व मिडफिल्डर सेई ओलोफिन्जानाको तर्कलाई मान्ने हो भने मोरक्कोले विश्वकप टोलीमा देशभन्दा बाहिर जन्मिएका १४ खेलाडी समावेश गरेकै कारण उत्कृष्ट नतिजालाई आत्मसात गरेको हो।

अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमहरूको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.