|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसदहरुलाई बालुवाटार बोलाएका छन्। शनिबार मध्यान्ह प्रधानमन्त्री देउवाले कांग्रेसका ८९ जना सांसदहरुलाई बालुवाटार बोलाएका हुन्। 

नयाँ सरकार गठनका लागि राष्ट्रपति भोलि साँझ ५ बजेसम्मको समय दिएसँगै प्रधानमन्त्री देउवाले साढे १२ बज बालुवाटार बोलाएको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 
उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सांसदहरुलाई बालुवाटार बोलाएका हुन् स्रोतका अनुसार आजै उनीहरूको हस्ताक्षर संकलन गरिनेछ। 

नेपाली कांग्रेसको संसदीय दलको नेतामा पुस ६ गते देउवा निर्वाचित भएका थिए। उनले महामन्त्री गगन थापालाई पराजित गरेका थिए। 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधार (२) अनुसार सरकार निर्माण गर्न दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदै छ। सोहीअनुसार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सक्रियता बढाइरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.