|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण नसकिँदै उठेर हिँडेका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा शीतलनिवास पुगेका देउवा बीचमै उठेर हिँडेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि अन्य सातजना मन्त्रीहरूको शपथ नसकिँदै देउवा उठेर हिँडेका हुन्। 

हिजो बिहानसम्म प्रचण्ड र देउवा पाँच दलीय गठबन्धनमा आबद्ध थिए भने आजबाट सत्ता र प्रतिपक्षी बनेका छन्। देउवाले प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.