|

काठमाडौं : बागलुङमा भूकम्पका तीनवटा ठूला झट्का महसुस गरिएको छ। 

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो। यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ०७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ। 

त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.