|

काठमाडौँ : गृह मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीवार विज्ञप्ति जारी गर्दै  शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षानिकायको रहेको भन्दै भेट्नै परे स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र  गर्न/गराउन तथा त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन भनेको छ।

विज्ञप्तिमा भनिएको छ, 'कतिपय पदाधिकारी कर्तव्यपालनको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.