काठमाडौं : बाँकेकी निर्मला कुर्मी न्यायका लागि पुन माइतिघरमा धर्ना सुरु भएको छ।
महिला अधिकार मञ्च बाँकेले निर्मला कुर्मी तथा अन्यायमा परेका महिलाको न्यायका लागि तेस्रो चरणको धर्ना घोषण गरेको हो। दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा भेला भइ बेलुका ४ बजे पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन धर्नाको घोषणा गरेको मञ्च कि अध्यक्ष रुबी खानले जानकारी दिइन्। खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको हो।
गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ।
तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ। बादसाह कुर्मी हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।