|

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन्।

वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्। कम्पनीहरुले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन्।

वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवासुविधाहरु रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए। उनले आन्तरिक रुपमा उडान गर्ने यात्रुहरुले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताए। प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए।

उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोषेढुङ्गा सावित हुने दाबी गरे। उनले यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको पनि बताए।

उनले पोखराबाट अन्य विमानस्थलहरुमा आन्तरिक उडान गर्नसक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगञ्ज–विराटनगर र जनकपुर उडान गर्ने बताए। उनले यति एयरलाइन्सले पोखरालाई बेस बनाएर एउटा जहाज पोखरामा नै राख्ने तयारी गरेको बताए।

प्रवक्ता बर्तौलाले पोखराबाट दक्षिण एशियाली मुलुक र दक्षिणपूर्वी मुलुकहरुमा चार्टर उडान भर्ने योजना बनाएको समेत जानकारी दिए। उनले पोखराबाट हुने उडानको भाडा तत्काल वृद्धि नहुने बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टाढा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थालमा हुने सडक र ट्राफिक समस्या सरकारले तत्काल हल गर्नुपर्ने बताए।

त्यस्तै, बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताउनु भयो। उहाँले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताउनु भयो। प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरुहरुले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.