|

कञ्चनपुर : डकैतीमा संलग्न तीनजना बेलौरी नगरपालिका–१ फटियाबाट  पक्राउ परेका छन्। स्थानीय बासिन्दाको सहयोगमा घेरा हालेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दुई जना गएराति  र एकजनालाई शनिबार पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको छ। 

उनीहरूले पुस ६ गते बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा लुटपाट गरेका थिए। यस्तै पुस ११ गते राति बेलौरी नगरपालिका २ बैजुडाडाका दुई घरमा लुटपाट गरी नगद र गरगहना लगेका थिए।

लुटपाट बढेपछि प्रहरीले सक्रियता बढाएको थियो। लुटपाट गर्न शुक्रबार गाउँ पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले घेराबन्दीमा पारेपका थिए। यसपछि उनीहरू उखुबारीमा लुकेका थिए।

पक्राउ परेका तीनैजना भारतीय नागरिक भएको प्रहरीले बताएको छ। उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.