|

 काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भई गठबन्धन भंग भएको बताए।

उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।

बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने-नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भूगोलका नेताहरूसँग छलफल गरेका थिए।

स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.