|

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने यात्रुहरूको सहजताका लागि सार्वजनिक बस सेवा सञ्चालन सुरु भएको छ।

पोखरा महानगरपालिकाले पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा शनिवारदेखि बस सेवा सुरु गरिएको छ। 

पोखरा महानगरपालिकाको कार्यालयका अनुसार विमानस्थल भित्र दुई वटा बस ३÷३ मिनेटको फरकमा छुट्ने छन्। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटा चोक–राष्ट्रबैँक चोक हुँदै फिस्टेल गेटसम्म चार वटा बस १०/१० मिनेट को फरकमा तथा विमानस्थलबाट वेगनासतालसम्म एउटा ‘नन स्टप’ बस सञ्चालन हुने छन्।

शनिवार बस सेवाको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी सवारी साधन नभएका यात्रुहरूका लागि सार्वजनिक बस सेवाले सहज बनाउने विश्वास व्यक्त गरे। 

निजी सवारी भएका यात्रु सिधै विमानस्थलमा जान सक्ने भए पनि पोखरामा चल्ने नगर बसबाट विमानस्थल पुग्न लामो समय खर्चिनुपर्छ। नगर बसहरू विभिन्न चोकमा रोकिँदै बजार घुमेर जाने भएकाले यात्रुलाई समस्या हुने अवस्था रहेको थियो। 

यही समस्याको समाधानको लागि सिधै विमानस्थलमा पुग्ने गरी सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.