|

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकले दुईवटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ।

आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुईवटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो। कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताए।

उनले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका बताउँदै  प्रदेशले आफैँ  बजेट बनाउने तथा कार्यान्वयन गर्ने  गरेको बताए।

उनले भने, ‘तर, प्रशासनिक रूपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवा अध्यादेश २०७९ सदन नभएको बेला आवश्यक देखिएकाले ल्याएका हौँ।’

सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो। आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पारित गरेको छ।

आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेशसभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ। अब अर्को बैठक आगामी पुस २५ गते दिनको १ बजे बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.