|

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पृथ्वीजयन्तीमा बिदा दिन माग गरेका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका नेता बाँस्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा राष्ट्रिय बिदा दिन माग गरेका हुन्। उनले नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्कने उल्लेख गरेका छन्। 

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन्,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन,’ उनले भनेका छन्। 

सांसद् बाँस्कोटाले नेपाल एकीकरणको सुरुवातकर्ता पृथ्वी नारायण शाहको सम्मान गर्दैमा कसैलाई असर पनि नपर्ने र राजतन्त्र पनि फर्किनहाल्ने पनि प्रष्ट पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.