|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। 

शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।

तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।

प्रतिपक्षमा रहेर आफ्नो भुमिकालाई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका केही शीर्ष नेताहरूले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.