|

पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।

घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि कारागार कार्यालय कास्कीमा राखिएको थियो। तर कास्की जिल्ला अदालतले २०७७ साल असोज २७ गते फैसला गर्दै उनलाई सफाइ दिएको थियो।

तर उच्च अदालतबाट सोही मुद्दामा गत वैशाख १४ गते फैसला हुँदा कास्की अदालतको फैसला उल्टाउँदै १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने ठहर भयो।

फैसला बमोजिमको कैद, दण्ड, जरिवाना भुक्तानीको लागि गत पुस २२ गते (शुक्रबार) उनकै घरबाट पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ। प्रहरीको नियन्त्रणमा रहेका तिवारीलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि आइतबार नै कारागार कार्यालय कास्कीको थुनामा पठाइएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.