|

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का ८० जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।

वडा कार्यालयमा आइतवार कार्यक्रम आयोजना गरी ८० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कम्बल वितरण गरेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।

चिसो बढेसँगै तराईमा जनजीवन प्रभावित बनेको र वृद्धवृद्धालाई असर पर्ने भएकाले प्रत्येक वर्ष न्यानो कपडा वितरण गरिएको सापकोटाले बताए। चिसो मौसममा वृद्धवृद्धालाई बढी जोखिम हुने भएकाले चिसोबाट बचाउन परिवारका सदस्यहरूले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

सापकोटाले वडामा आउन नसकेका वृद्धाहरूलाई घरमै पुगेर न्यानो कम्बल प्रदान गरिने जनाए। ‘हरेक वर्षको वडामार्फत सम्मान तथा न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको छ’, सापकोटाले भने, ‘चिसो मौसममा केही भए पनि सहज हुनेछ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले उच्च जोखिममा रहेका वृद्धवृद्धालाई वडाले न्यानो कम्बल वितरण गरेको बताए। नगरका अभिभावकको रूपमा रहेका वृद्धवृद्धालाई नगरले प्रत्येक वर्ष सम्मान गर्ने गरेको पाण्डेले बताए।

चनई स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले नागरिकहरूको स्वास्थ्यमा कुनै समस्या आएमा स्वास्थ्य चौकीमा आउन आग्रह गरे। चिसो मौसमको समयमा विभिन्न रोग लाग्न सक्न भएकाले सचेत हुनुपर्ने पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.