|

दाङ :  सत्तारुढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँड सहमति भएसँगै लुम्बिनी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ। 

लुम्बिनीमा एमालेले सरकारको नेतृत्व पाउँदा प्रदेशको लिला गिरी  तेस्रो मुख्यमन्त्री बन्ने भएका छन्। उनी एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्।  

नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरी रूपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभाको सदस्य निर्वाचित भएका हुन्।  उनले  १७ हजार ६३२ मत प्राप्त गर्दा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका थिए। 

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।

पोखरेल प्रदेशका पहिलो मुख्यमन्त्री हुन् भने तत्कालीन नेकपा विभाजन भएपछि माओवादी केन्द्रका कुलप्रसाद केसी दोस्रो मुख्यमन्त्री भएका थिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.