|

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथमा नजाने निर्णय गरेको छ।
संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको  हो।

माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणमा समेत नजाने  निर्णय भएको  जानकारी दिए।

प्रदेश सरकारको नेतृत्वमा आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उनले यो  विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए।

 कार्कीको आज दिउँसो २ बजे शपथग्रहण गराउने तयारी छ। उनले सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.