|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्। 

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन्।

उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन्। 

‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि रेशम चौधरी निर्दोष भन्नुभएको छ, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अहिलेका गृहमन्त्री रवि लामिछाने सबैले रेशम चौधरी निर्दोष भन्नुभएको छ’, उनले भनिन्, निर्दोष व्यक्तिलाई किन जेलमा राखिरहनुभएको छ। सम्मानजनक रिहाइ हुनुपर्‍यो।’

न्याय निरुपण नहुँदासम्म संसदमा आफूहरूले संघर्ष जारी राख्ने उनले बताइन्। 

टीकापुर घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेसहितको दु:खद निधनप्रति आफूहरू दुःखी भएको र निर्दोष कोहीलाई अन्याय हुन नहुने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.