|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। बोलेरो सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

दुर्घटना भएको खबर पाउने बित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले तत्काल उद्धार गरि उपचारका लागि पठाएको उनले बताए। बोलेरोचालक मोरङको बेलबारी नगरपालिका–२ का प्रविण कोइराला प्रहरी चौकी लेगुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.