|

काठमाडौं : दशैँको छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको सम्झौता गरेका छन्। केही दिनअघि मात्रै ‘नांगो गाउँ’को घोषणा गरेका उनले हरि मल्ल ठकुरीको निर्माण रहने अर्को फिल्ममा पनि काम गर्न लागेको जानकारी दिएका हुन्। फिल्मको नाम भने जुराउन बाँकी रहेको उनले बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा निर्मातासँगको फोटो सार्वजनिक गर्दै नयाँ फिल्मको बारेमा जानकारी दिएका हुन्। ‘घामपानीबाट फिल्म निर्देशनको यात्रा शुरु गरेका उनका ‘गोपी‘, ‘छ माया छपक्कै’ लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्। 

‘दुई नम्बरी’ व्यावसायिक रुपमा सफल उनको दोस्रो फिल्म हो। यसअघि ‘छ माया छपक्कै’ले राम्रो मुनाफा कमाएको थियो। लामाको लेखन तथा निर्देशनमा बन्ने ‘नांगो गाउँ’मा दयाहाङ राई‚ मिरुना मगर र शिशिर बाङ्देलको मुख्य भूमिका रहनेछ। जसको छायांकन आगामी चैतमा शुरु हुने बताइएको छ। दुवै फिल्मको वितरण अधिकार आरआर फिल्म्सले खरिद गरेको लामाले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.