|

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा बुधबार सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।

सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि एमाले का राजेन्द्रसिंह रावलले दाबी पेश गर्ने भएका छन्। केन्द्रमा सत्ता साझेदार दलहरूबीच भएको सहमति अनुसार उनले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका हुन्।

केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो गरेर सरकार चलाउने छन्। अढाइ वर्ष एमालेका रावल र अढाइ वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति भएको छ। 

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.