|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

उनीहरुबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरुमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ। 

गण्डकी प्रदेश एमालेको भागमा परेको छ। सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पुस २९ गते विश्वासको मत लिँदैछन्।  ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई ३३ सांसदको समर्थन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.