|

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।

केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म छ। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन चाहिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.