|

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको भोजपुरी भाषामा शपथ लिएका छन्।

शुक्रबार जनकपुरधामको मधेस भवनमा नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री यादवसँगै अन्य तीनजना बिना विभागीय मन्त्रीहरुले पनि शपथग्रहण गरेको छ।

मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका छन्।

मन्त्रीहरु सञ्जय यादवले बज्जिका, सरोज यादवले मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिएका हुन्।

तिनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको हो। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन्। लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन्।

मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन्।यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ।

मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।

मधेसमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.