|

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।

प्रदेशसभा बैठकमा शुक्रबार उनले विश्वासको मत मागेका हुन्। कार्की  पुस  २५  गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले प्रदेशको नामकरण नभएकाले तीव्र आलोचना, विरोध भइरहेको र प्रदेशको नाम राख्न नसक्दा बेनामे प्रदेश भएको बताए। उनले सबै कुराको जिम्मेवारी, जस अपजस, यहाँ उपस्थित भएका दलको हैसियतअनुसार आफूले लिने दाबी गरे।

मुख्यमन्त्री कार्कीले विभिन्न बहानामा प्रदेशको संरचनामाथि प्रश्न उठेको अवस्थामा जनतामा प्रदेश सरकारको औचित्य आफ्नो नेतृत्वको सरकारले पुष्टि गर्ने बताए।

उनले केही दिनभित्रैमा साझा कार्यक्रम ल्याएर अघि बढ्ने तयारी रहेको समेत बताए। प्रदेश १ सभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा सरकारको नेतृत्व गर्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.