|
फाइल फोटो

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। 

आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.