|

धनगढी : सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन्। बुधबार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

कोइली हिजो मात्र उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्। उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन्।

नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन्। प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो।

चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

यस्तै, सुदूरपश्चिममा मंगलबार बिहान नै बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.