|

काठमाडौं : झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन्।

आज बिहान कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन्।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए।

डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन्। अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रवक्ता पाठकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.