|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन्।

शहीद दिवसका अवसरमा सोमबार सन्देश जारी गरी राष्टपति भण्डारीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।

‘हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेको बलिदानको प्रतिफल हो’, उनको सन्देशमा उल्लेख छ, ‘तसर्थ शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।

भण्डारीले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।

 

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन ले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन्। उनले प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ जीवनको आहुति दिने सम्पूर्ण शहीदको योगदानलाई उच्च उच्च सम्मान व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.