|

काठमाडौं : महाशिवरात्रिका मुख्य अतिथि भारतको उडिसा जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी काठमाडौं आउँदै छन्।

फागुन ५, ६ र ७ गते पशुपतिमा शंकराचार्यपूजन महोत्सव कार्यक्रम राखिएकाले उनी बिहीबार काठमाडौं आउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वेद–पुराण, वैदिक गणित र आचरणबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोली लिएर शंकराचार्य काठमाडौँ आउन लागेका हुन्।

महाशिवरात्रिका अवसरमा पशुपति परिसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको कोषले बताएको छ। तीन दिन यहाँ रहने शङ्कराचार्यलाई नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाइएको छ।

यो वर्ष महाशिवरात्रि फागुन ६ गते शनिबार परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.