|

काठमाडौं : नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन्। 

जन्ममितिमा विवाद भएपछि डिआइजी सिंहले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। उनी आगामी चैत ११ गतेपछि हुने नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुखको रूपमा दाबेदार थिए। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको दौडमा थिए। नागरिकताअनुसार उनको जन्ममिति २०२४ जेठ २२ गते हुनुपर्नेमा ०४२ जेठ २२ गते उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.