|

काठमाडौं : युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको एक वर्ष पूरा भएको छ। यो एक वर्षको अवधिमा रुसी सेनाले युक्रेनका विभिन्न सहरमा निरन्तर आक्रमण जारी राखेको छ।

युद्ध तत्काल अन्त्य हुने कुनै सम्भावना देखिएको छैन। एक वर्षको अवधिमा रुसका १ लाख ३७ हजार ७ सय ८० सैनिक मारिएको युक्रेनी सेनाले दाबी गरेको छ। अमेरिकाले यो युद्धमा रुस र युक्रेनका एक लाख सैनिक मारिएको र झण्डै एक लाख सैनिक घाइते वा बेपत्ता भएको प्रक्षेपण गरेको छ।

गत वर्षको सेप्टेम्बर २१ मा अमेरिकी रक्षामन्त्री सर्गेई सोइगुले ५ हजार ९ सय ३७ रुसी सैनिक मारिएको बताएका थिए। त्यही अवधिमा १२ हजार ५ सय ३८ रुसी सैनिक मारिएको बीबीसीको तथ्यांक थियो। तर यी दुवै तथ्यांकको स्वतन्त्र पुष्टि भने हुन सकेको थिएन।

दुवै देशले आफ्नो सैन्य क्षतिको स्पष्ट विवरण सार्वजनिक गरेका छैनन्।

यसैबीच संयुक्त राष्ट्र संघको महासभामा युक्रेन आक्रमणविरुद्ध निन्दा प्रस्ताव पारित भएको छ। निन्दा प्रस्तावको पक्षमा राष्ट्र संघका १ सय ४१ सदस्यले समर्थन गरेका छन्।

३२ देश मतदानमा सहभागी भएनन् भने रुससहित ७ देशले यसको विपक्षमा मतदान गरेका छन्। महासभाले युक्रेनबाट सैनिक फिर्ता गर्न र युद्ध रोक्न आहग्र गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.