|

काठमाडौं : अफ्रिकी देश नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु भएको छ।

सन् १९९९ मा सैन्य शासन समाप्त भएपछि पहिलो पटक भएको राष्ट्रपतीय निर्वाचनलाई निकै कठिन निर्वाचनका रुपमा हेरिएको छ।

२० करोड बढी जनसंख्या भएको देशमा हिजो सम्पन्न मतदानमा उत्साहजनक मत खसेको छ। हजारौँ मतदान केन्द्रमा मत गणनाको कार्य अघि बढे पनि अन्तिम परिणमा आउन कयौँ दिन लाग्ने अनुमान गरिएको छ।

निर्वाचनको समयमा भएका छिटफुट हिंसाका घटनाले मतगणनलाई थप प्रभावित बनाउने आंकलन छ। ८ करोड ७० लाख मतदाता रहेको नाइजेरियामा सत्तारुढ अल प्रोग्रेसिभ कांग्रेस र पीडीपी पार्टी मुख्य प्रतिस्पर्धामा छन्।

राष्ट्रपति मुहम्मद बुहारीको उत्तराधिकारीका रुपमा लेबर पार्टीका पीटर ओबी चुनावी प्रतिस्पर्धामा छन्। सन् १९६० मा ब्रिटेन उपनिवेशबाट स्वतन्त्र बनेको नाइजेरियामा त्यसयता कयौँ पटक सैन्य कु र राजनीतिक धाँदलीका घटना भएका छन्।

देशका कयौँ स्थानमा अहिले पनि हिंसा जारी छ भने सर्वसाधाराण नागरिक त्रासमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.