|

काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुखलगायत प्राध्यापक कर्मचारीहरू समयमा कार्यालय आइ प्रशासनिक कामकारबाहीलाई छिटो,छरितो र सहज गरिनुपर्ने माग गरेको छ। आइतबार कमिटीका संयोजक लोकेश खड्काको नेतृत्व टोलीले क्याम्पस प्रमुखलाई १७ बुँदेमागसहित ध्यानाकर्षण पत्र बुझाएको हो।

अनेरास्ववियु आरआर क्याम्पस कमिटीका संयोजक खड्काले रत्न राज्य लक्ष्मी क्याम्पस(आरआर)मा अध्ययनरत,विद्यार्थीहरूले विभिन्न समस्या झेल्न परेपछि ती समस्या तत्काल सम्बोधन गर्न माग गरेको बताए। 

अनेरास्ववियु आरआर क्याम्पस कमिटीले पुरुष र महिला शौचालयको स्तरोन्नति गरी सरसफाइमा विशेष जोड दिनुपर्ने, महिला शौचालयमा स्यानिटरी प्याडको यथाशीघ्र व्यवस्थापन गरिनुपर्ने, आन्तरिक मूल्यांकनमा परीक्षालाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने माग गरेको छ।

‘क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुख,कोर्डिनेटर,प्राध्यापक कर्मचारीहरू कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थित भइ  प्रशासनिक कामकारबाहीलाई छिटो ,छरितो र सहज गरिनुपर्ने छ,’ध्यानाकर्षण पत्रमा भनिएको छ,‘आगामी शैक्षिक सत्र बाट मास्टर्स इन कम्प्युटर साइन्स एप्लिकेसनलाई समावेश गराउनका निम्ति क्याम्पस प्रशासनले आवश्यक तदारुकता देखाउनुपर्ने छ।’

त्यस्तै,इन्टरनेट पहुँचलाई व्यवस्थित गर्दै, ई-लाइब्रेरीलाई थप प्रभावकारी बनाउँदै,पुस्तकालय मा उपलब्ध भएका सम्पूर्ण पुस्तकहरूको विवरण ,पुस्तकालय सेवा सम्बन्धी सम्पूर्ण विषयहरू सहजै विद्यार्थी माझ सम्प्रेषण गर्न लाइब्रेरी बाहिर डिजिटल होर्डिङ बोर्ड को यथाशीघ्र व्यवस्था गर्न पनि अनेरास्ववियु आरआर क्याम्पस कमिटीले माग गरेको छ। 

अनेरास्ववियु आरआर क्याम्पस कमिटीले​ बिसिएअन्तर्गत प्रत्येक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याइ उत्तीर्ण हुने इमानदार ,मेहनती तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको अनिवार्य व्यवस्थापन गरिनुपर्ने र  कक्षाकोठामा हुने फोहरमैलालाई उचित व्यवस्थापन गर्नका निम्ति प्रत्येक कक्षाकोठामा अनिवार्य डस्टविनको व्यवस्था गरिनुपर्ने माग गरेको छ।

यस्ता छन अन्य मागहरू​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.