|
फाइल फोटो

जलेश्वर : मिथिलाञ्चलमा होली पर्व विधिवत् रूपमा सुरु भएको छ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन सोमबार बिहान भंगहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले खेलाई होली पर्व थालिएको हो।  

परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरे।

यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ। यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यंगात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्य समेत आरम्भ हुनेछ।

तत्कालीन समयमा भगवान् रामचन्द्र र जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ।

धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र जानकीको डोला र परिक्रमा यात्री जम्मा भई अघिल्लो मंगलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.