|

बागलुङ : बागलुङमा बालिका हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षी सायर दिन मियालाई पक्राउ गरेको हो।

बालिकाकी आमा नभएको मौकामा छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। मियाले मादक पदार्थ तथा लागुऔषध सेवन गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ।

प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि बागलुङ ल्याएको छ। आरोपित मियालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.