|

काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य मतदाता छन्। 

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुलीलाई खटाइएको छ।   

राष्ट्रपतिको निर्वाचनमा ९ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.