|

काठमाडौं : आज १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदै छ।  संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मान लगायतका विभिन्न कार्यक्रम गर्दै छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

त्यस्तै,  विभिन्न क्षेत्रमा कार्यरत केही महिलाहरू भने नारी दिवसका दिन पनि उत्तिक्कै गरी काम गरिरहेका भेटिन्थे।

नेपालको संविधान महिलामैत्री भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्।  राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ। तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.