|

बागलुङ : एक दशकअघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। 

उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर बढी थिए। 

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला शहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो। पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ। ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराई तथा शहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ। अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लागेको छ। गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ। 

निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदैगएका छन्। गाउँमा विकासले गति लिए पनि शहर जाने क्रम रोकिएको छैन। गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ’, उनले भने। तमानखोलाबाट बुर्तिबाङ झर्नेको संख्या बढी छ। यससँगै पोखरा, काठमाडौँ, बुटवललगायत शहर बसाइँसराइ गर्ने अत्यधिक छन्। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढा मगर बताउँछन्।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो। हुनेखाने सबै शहर बजार जान थालेका छन्’, अध्यक्ष बुढामगरले भने। निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको संख्या बढेको छ। बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट  नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन्। ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन’, उनी भन्छन्।

गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ। गाउँका घर जीर्ण बन्दै गएका छन्। घर र खेतीयोग्य जमिन प्रयोग गर्नेघट्दै गएको गलकोट–७ का विष्णु थापाले बताए। बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ। धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन्। गाउँ उराठ बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.