|

काठमाडौं : आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।​

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको हो।  पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ। आइतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन्।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ।

घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफ्नो नवौं खेललाई समेत स्मरणिय बनाउन चाहन्छ। नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.